काठमाडौं – काठमाडौं उपत्यकामा कडाइपूर्वक लागू गरिएको निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच यसबारे छलफल भइरहेकाे काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। निषेधाज्ञा भने एक साता थप्नेगरी छलफल भएको उनले बताए।
तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको बैठकले गत शनिबार १४ गतेबाट निषेधाज्ञामा कडाइ गरेको थियो। अहिले खाद्यान्न पसल समेत खोल्न दिइएको छैन। सार्वजनिक र इन्टरनेट सेवा प्रदायकको गाडी समेत दिउँसोको समयमा चलाउन रोक लगाएको छ। जारी निषेधाज्ञा २० गते सकिँदैछ।
प्रतिक्रिया