काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीको न्यायालय र वकिलहरु प्रतिको टिप्पणी अधिनायकबादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह वन्ने चाहना भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एक कार्यक्रममा संबैधानिक इजलासमा वकिलले न्यायाधिश तोक्न खोजेको भन्दै आपत्ति जनाएका थिए । डा. कोइरालाले प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनमा वकिल र न्यायालयले खेलेको भूमिका विर्सेको मात्र नभई हारेको मानसिकताको उपज भएको भन्दै लोकतन्त्रको उपहास र गणतन्त्रको अवमूल्यन भएको बताएका छन् । उनले सबै सजग बन्न र सबै क्षेत्रबाट सशक्त प्रतिकार गर्न आव्हान गरेका छन् ।
उनले भनेका छन्- प्रधानमन्त्रीको न्यायालय र वकिलहरु प्रतिको टिप्पणी: उनीहरुले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका विर्सेको मात्र नभई हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन,अधिनायकबादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह वन्ने चाहना । सजग बनौं, सबै क्षेत्रबाट सशक्त प्रतिकार गरौं ।
प्रतिक्रिया