देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिले खोप ल्याउन पहल गर्नु संविधानको उल्लंघन हो : रावल

देशान्तर

काठमाडौं – नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्वगृहमन्त्री भीम रावलले राष्ट्रपति विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप लगाएका छन् ।

रावलले राष्ट्रपतिबाट विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि अघि बढाएको पहलको आलोचना गर्दै कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोपको याचना गर्नु संविधानको उल्लंघन हो भनेका छन् ।

रावलले ट्वीट गर्दै भने, ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो। यसले, के प्रम र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ ।’