देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बार निर्वाचनको मतगणना सुरु

देशान्तर

काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको मतगणना आज बिहानदेखि सुरु भएको छ । 

बार निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले सर्वोच्च अदालतको परिसरमा मतगणना सुरु भएको जानकारी दिए । छिटो गणना गर्नका लागि आठ मतगणना केन्द्रको स्थापना गरिएको छ । 

शनिबार देशभरका ३३ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको थियो । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । कुल नौ हजार ५२२ मध्ये सात हजार ८६२ ले मत खसेको थियो । नयाँ नेतृत्वका लागि विशेषगरी लोकतान्त्रिक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएको छ । 

प्रगतिशील समूहको नेतृत्व विजयकान्त मैनालीले तथा लोकतान्त्रिक समूहको नेतृत्व शेरबहादुर केसीले गरेका छन । 

]]>