देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्‍यु

देशान्तर

बाँके – बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४:४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १–१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् ।

राप्तिसोनारी गाउँपालिका–७ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति १०स्१५ बजे मृत्‍यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका-१२ बाँकेका ८७ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान ५ बजे मृत्यु भएको छ ।

यस्तै नारायण नगरपालिका-५ दैलेखका ६० वर्षीय पुरूषको आइतबार दिउँसो ४स्४५ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्‍यु भएको छ भने मध्‍य नेपाल नगरपालिका- ४ लमजुङका ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान ५:५० बजे मृत्यु भएको छ ।

यस्तै तुल्सीपुर उपमहानगरपालिका- ७ दाङका ८३ वर्षीय पुरुषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार विहान ५:१५ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख ११ गते कोरोना संक्रमण देखिएपछि वैशाख १२ गते अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै घोडाघोडी नगरपालिका- १ कैलालीकी ४० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार विहान ७ बजे मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९१ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २८६ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।