देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१२ वर्ष माथिका बालबालिकालाई जापानमा कोरोना विरुद्धको ‘फाईजर’ खोप लगाइने

देशान्तर

जापानले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप इिने भएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरूको समूहले अमेरिकी कम्पनी फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो । फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो ।

१६ वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्तिलाई भने यस अघिदेखि नै यो खोप दिँदै आइएको थियो । दुई हजार दुई सय ६० बालबालिकामा गरिएको परीक्षणको नतिजा सकारात्मक आएपछि १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउने अनुमति दिइएको हो ।

जापानी सरकारले गएको फेब्रुअरी महिनामा फाइजर खोपलाई अनुमति दिँदै स्वास्थ्य क्षेत्रका कर्मचारीलाई खोप लगाउन सुरु गरेको थियो । यस्तै ज्येष्ठ नागरिकका लागि यही अप्रिल महिनामा खोप अभियान सुरु भएको थियो । जापानले नौ करोड सत्तरी लाख नागरिकका लागि फाइजरको खोप प्राप्त गरिरहेको छ ।