देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार पक्षको तर्क – इजलास गठनबारे कानुन व्यवसायीले प्रश्न उठाउन मिल्दैन

देशान्तर

काठमाडौं – सरकार पक्षका वकिलले इजलास गठनमा कानुन व्यवसायीले प्रश्न उठाउन नमिल्ने बताएका छन् । संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवादबारे इजलासले नै आइतबार आह्वान गरेको बहसमा सरकार पक्षका वकिलले यस्तो तर्क गरेका हुन् ।

नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले बेन्च गठनबारे कानुनले नै प्रस्ट भनेको उल्लेख गर्दै यसबारे कानुन व्यवसायीले प्रश्न गर्न नमिल्ने बताए । ‘बेन्च गठनबारे कानुन व्यवसायीले प्रश्न उठाउन मिल्दैन,’ उनले भने, ‘न्यायाधीशमाथिको अविश्वास भनेको अदालतमाथिको अविश्वास हो ।’ यो विषयलाई अदालतले पनि गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।

ऋषि कट्टेलको मुद्दामा निर्वाचन आयोगमा प्रचलित कानुन अनुसार पहिला नै दर्ता भइसकेको पार्टीको नाममा त्यही नामको अर्को पार्टी दर्ता हुन पाउने कि नपाउने भन्ने विषय मुख्य रुपमा उठेको उनले बताए ।