काठमाडौं – काम चलाउ सरकारले अध्यादेशबाट ल्याएको बजेट असंवैधानिक भएको विपक्षी गठबन्धनले निष्कर्ष निकालेको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
सरकारले असंवैधानिक ढंगले चालेको कदमको प्रतिवाद गर्नेबारे छलफल भएको माओवादी केन्द्रका नेता देव गुरूङले बताए । सरकारको कदमविरूद्ध उत्रनका लागि केहीबेरमा सबैको तर्फबाट संयुक्तरूपमा विज्ञप्ति जारी हुन्छ उनले भने।
त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सकारका विरुद्ध कानुनी र राजनीतिक लडाइका लागि पाँच दल एकजुट भएको जानकारी दिए। पौडेलले सरकारले मनपरी ढंगबाट बजेट ल्याएको र स्वेच्छाकारी ढंगले चलेको भन्दै त्यसका लागि सशक्त प्रतिकारमा उत्रने बताए। उनले भने, ‘अहिले आन्दोलनको अवस्था नभए पनि त्यसको पूर्व तयारीका लागि बैठकमा छलफल भएको छ।’
प्रतिनिधिसभा विघटन र सरकारले ल्याएको बजेटका बारेमा छलफल गर्न देउवा निवासमा विपक्षी गठबन्धनका नेता एकजुट भएका हुन्।
बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता ज्ञानेन्द्र बहादुर कार्की सहभागी थिए। नेकपा एमालेको नेपाल समूहबाट वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावलको सहभागिता थिए।
प्रतिक्रिया