देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली १७ चिकित्सक निलम्बित

देशान्तर

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नक्कली शैक्षिक प्रमाणपत्र भेटिएका १७ जना चिकित्सकको दर्ता निलम्बन गरेको छ। निलम्बित चिकित्सकहरु उपचार सेवा वा चिकित्सकीय परामर्शमा संलग्न भएमा तीन हजार जरिवाना, तीन वर्ष कैद वा दुवै सजाय हुन सक्नेछ। 

दर्ता निलिम्बित चिकित्सकमा सिरहा विष्णुपुर–५  का विनिता यादव,  थानकोट चुनिखेल–१ का सुजितकुमार श्रेष्ठ , राजविराज–९, सप्तरीका राजेन्द्रप्रसाद दास, झापा विर्तामोड–३ का रामबाबु गिरी, सप्तरी बैरवा–२ का तुलसीकुमार महतो, जनकपुर–१४ का भगवान केवट मल्लाह, महोत्तरी हतिर्सवा–५ का सन्तोषकुमार यादव, धनुषा सतोसार–६ का शैलेन्द्रकुमार महतो, महोत्तरीऔरही–६ का श्यामवावु साह, कल्याणपुर–३ सप्तरीका मोहमद कमरुल हक, जनकपुर–१ का कल्याण विश्वास, सुनसरी इटहरी–१ का पशुपतिकुमार चौधरी, धनुषा लोहना–१ का मोअहमद सिद्घिकी, कपिलवस्तु तौलिहवा–५ का अफजल हुसैन, रौतहट मत्सरी–५ का राजीवकुमार झा, वारा कलैया–४ का पृथ्वीनारायण यादव,जनकपुर–९ का प्रदीपकुमार गुप्ता छन्।

काउन्सिलले उनीहरुविरुद्ध अदालतमा रहेको मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि दर्ता निलम्बन गरेको हो। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>