देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किताबमा चर्को कमिसन, मारमा अभिभावक

देशान्तर

काठमाडौं । पुस्तक व्यवसायीको संस्थाले निजी तथा आवाशीय  विद्यालयका दुईवटै संगठन प्याब्सनन र एनप्याब्सनलाई आगमी शैक्षिक सत्रका पढाइ हुने पुस्तक र पब्लिकेशनको लिस्ट सार्वजनिक गर्नर् थुप्रैपटक आग्रह गर्‍यो । दुईवटै संगठनले नटेरेपछि पुस्तक व्यवसायी जिल्ला शिक्षा कार्यालय गएका छन्  । उनीहरुले पुस्तकको लिस्ट सार्वजनिक गर्न निर्देशन दिन गुहार गरे ।

तर, जति गर्दा पनि लिस्ट सार्वजनिक भएन । ‘बोर्डिङ स्कुलहरुले कमिसनको खेलमा सम्पर्कमा रहेका पुस्तक पसललाई सुटुक्क लिस्ट दिँदा सधै समस्या हुन गरेको छ,’ पुस्तक व्यवासयी संघ बाँके जिल्ला अध्यक्ष बुद्धिप्रसाद अधिकारीले भने, कमिसनको त्ही जालो तोड्न हामी जोडतोडले लागे पसिन सकिएको छैन ।’

पुस्तक व्यवसायीको प्रतयक्ष संलग्नतामा हुने कमिसनको जालो वास्तवमै डरलाग्दो छ ।  पुस्तक प्रकाशक, पुस्तक व्यवसायी र निजी विद्यालयबीचको त्ही जालोमा अभिभावक नराम्ररी बेरिन्छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

]]>