देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

५० रुपैयाँमै चाहिएजति बिजुली

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रसारण लाइन ओझेलममा छ , सिन्धुलीको अमले गाँउ । तर बत्ति बालेर गाँउ झलमल्ल पार्नेमा भने जिल्लाकै पहिलो बनेको  छ । अमलेका दुई सय घरधुरीले छेलाखाला बिजुली बाल्छन । राष्ट्रिय प्रसारण लाइनबाट कल्पना गर्न नसकिने सुविधा यहाँका मरिणखालाका लघुविद्युतले दिएको छ ।

मासिक ५० रुपैया तिरेपछि २४ घण्टा बिजुली उपलब्ध छ । जिल्ला विकास समितीले १२ लाख, उर्जा विकास कम्पनीको ४२ लाखले बनेको २४ किलोवाट लघुविद्युत आयोजनापछि उक्त क्षेत्रमा विद्युत फालाफाल छ ।  सदरमुकामबाट विकेट क्षेत्रमा रहेको यस गाविसमा बिजुली बाल्ने सपना पूरा गर्न स्थानीयले कम्ती दुःख गरेका होइनन् । बिजुली बाल्न प्रत्येक घरधुरीबाट १३ हजारका दरले रकम संकलन गरिएको थियो ।

जलविद्युत आयोजना निर्माण गर्न निकै परिश्रम गर्नु परे पनि हाल बिजुलीले सबैमा उज्यालो छाएको स्थानीय बताउँछन् । हाइड्रोपावरको रेखदेख गर्न दुईजना कर्मचारी राखिएको छ ।आजको नागरिक दैनिकमा समाचार छ ।

]]>