देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानबासी स्याङ्जालीले गरे स्थानीय तहका अस्पतालमा स्वास्थ्य सामग्री सहयोग

देशान्तर

काठमाडौं – स्याङ्जा समाज जापानले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विविध स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । रोजगार र अध्ययनका सिलसिलमा जापानमा पुगेका जापानका बिभिन्न ठाउँमा पुग्नेहरुबाट संकलित रकमबाट कोष स्थापित गरी ती सामाग्री उपलब्ध गराइएको हो ।

स्याङ्जा समाज जापानले स्थापित कोरोना राहत कोषबाट उपलब्ध गराइएका स्वास्थ्य सामाग्री बिहीवार जिल्लाका बिभिन्न स्थानी पालिका, सुरक्षाकर्मी र अपांग समाजलाई प्रदान गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय स्याङजाको समन्वयमा पालिका, अपांग समाज र सुरक्षाकर्मीलाई लक्षित गर्दे ती सामाग्री प्रदान गरिएका हो । कोरोना भाइरस संक्रमणले महामारीका रुप लिएका बेला आफनै पालिकामा निर्मित अस्थायी कोभिड अस्पताल संचालन गरेका जिल्लाका ८ वटा पालिका, अपांग समाज स्याङ्जा सहित जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराईएको जनाईएको छ ।

समाजले आधीखोला सामुदायिक अस्पताल, कालिका सामुदायिक अस्पताल भीरकोट, चापाकोट अस्पताल, गल्याङ अस्पताल, कालीगण्डकी अस्पताल, वालिङ अस्पताल, विरुवा सामुदायिक अस्पताल, जिल्ला अस्पताल स्याङ्जा र जिल्ला सुरक्षा निकायलाई बितरण गरिएको अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाजका सल्लाहकार सुरेश रेग्मीले बताए ।

उनका अनुसार रोजगारका शिलशिलामा नेपालबाट जापान पुगेका नेपालीद्धारा संकलित ३ लाख ७५ हजार ६ सय ९५ स्याङ्जा सहयोग समाजबाट प्राप्त भएको थियो । समाजले प्रत्येक पालिकालाई १० थान पिपिइ, १० लीटर सेनीटाइजर, २० प्याकेट मास्क, फेस सिल ५० वटा बितरण गरेको छ । अपांग समाज स्याङ्जालाई भने १० प्याकेट मास्क , १० लिटर सेनिटाइजर र ३० प्याकेट सेनेटरी प्याड प्रदान गरिएको छ ।