काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड-१९ का बिरामीको उपचारमा उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले शुक्रबार एक ट्विटमार्फत लेखेकी छन्- दुस्ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ तर यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।
भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले बिहीबार राति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायतलाई दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ । घटनापछि भेरी अस्पतालमा तनाव सिर्जना भएको छ ।
प्रतिक्रिया