देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विवेकशील साझाका नेता उज्वल थापालाई कोरोना, भेन्टिलेटरमा उपचार हुँदै

देशान्तर

काठमाडौं – विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको अवस्था गम्भीर भएको छ । अहिले उनलाई थप उपचारका लागि ग्राण्डी अस्पतालबाट मेडिसिटी अस्पताल लगिएको छ ।

थापाको स्वास्थ्य अवस्था एकदमै नाजुक भएपछि ‘एक्स्टाकोर्पोरियल मेम्बरेन अक्सिजिनेसन’ (इसिएमओ) प्रविधिबाट उपचार गर्न मेडिसिटी अस्पताल लगिएको डा. विश्व दवाडीले जानकारी दिए । उनले भने, ‘हिजोदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि मेडिसिटी अस्पताल ल्याएका छौं ।’

कोरोना र निमोनिया देखिएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा विगत २४ घण्टादेखि भेन्टिलेटरमा राखेर थापाको उपचार भइरहेको थियो । शुरुमा ह्याम्स अस्पताल र त्यसपछि नेपाली सेनाको अस्पताल राखिएको थियो । अहिले ग्रान्डी अस्पतालमा उपचार जारी रहेको दवाडीले बताए । अहिले विभिन्न व्यक्तिहरुले उनको स्वास्थ्य लाभको कामना गरी सामाजिक सञ्जालमा शुभकामना दिइरहेका देखिन्छन् ।