देशभर आज मौसममा सामान्यदेखि पूर्णतया बदली रहने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
देशका हिमाली र उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजराति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना छ ।
प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा राति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ ।
उच्च हिमाली भूभागका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रतिक्रिया