देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्घाखाँची सिमेन्ट उद्योगद्वारा स्वास्थ्य चौकी निर्माण

देशान्तर

रुपन्देही – अर्घाखाँची सिमेन्ट प्रालिले ७० लाख लगानी गरेर रुपन्देहीको सियारी गाउँपालिका–२, मैनहियामा स्वास्थ्य चौकी निर्माण गरिदिएको छ ।

उद्योग आफैंले ४ महिनामा निर्माण गरेको सो स्वास्थ्य चौकी भवन बुधबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकी निर्माण गरी पालिकालाई हस्तान्तरण गरेको बताए ।

एक तलाको उक्त स्वास्थ्य चौकीमा ६ वटा कोठा, ट्वाइलेट, बाथरुम छन् । १५ शय्यासम्म राख्न मिल्ने सो भवनमा तत्काललाई १० बेड र १० वटा अक्सिजन सिलिन्डरसमेत उपलब्ध गराइएको र १५ बेडसम्म राखेर बिरामीको उपचार गर्न मिल्ने अग्रवालले बताए ।

गाउँपालिका अध्यक्ष अयोध्या थारुले बेड र अक्सिजन पनि भएकाले स्वास्थ्य चौकी तत्काल संचालनमा ल्याई कोरोना संक्रमितको उपचार शुरू गर्ने बताए ।

स्वास्थ्य चौकी हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले निजी क्षेत्रसँगको सहकार्यमा कोरोना महामारीलाई जित्न सफल हुने विश्वास गरे ।

केही समयअघि अर्घाखाँची सिमेन्ट प्रालिले सियारीकै भगदरीमा ४ कोठा र सेमरामा ६ कोठाको विद्यालय निर्माण गरेको थियो ।