देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलामी जान थाले अछामका महिला

देशान्तर

अछाम । पुरानो संस्कारलाई तोड्दै अछामका महिला मलामी जान थालेका छन् । पुरानो संस्कारलाई तोड्दै अछामको पूर्वी क्षेत्रका महिला मलामी गएका हुन् ।

    मानिसको मृत्यु भएपछि पुरुषले मात्र मलामी जाने प्रचलन रहेको अछाममा पछिल्लो  समयमा महिला मलामी जान थालेका हुन् । जिल्लाको ग्रामीण क्षेत्र कुइका–४ का गौरीकान्त तिमिल्सिनाको ७० वर्षको उमेरमा मृत्यु हँुदा सोही गाविस–४ का महिला मलामी गएका हुन् । 

    “हामीलाई मलामी जानबाट वञ्चित गराउने पुरानो परम्परालाई हामीले तोडेका छाँै हामी मलामी गएर फर्कियौँ, हामीलाई केही भएन, अब गाउँमा महिला–पुरुष जस्को मृत्यु भएपनि हामी मलामी जान्छौँ”, स्थानीय गोमा तिमिल्सिनाले भने । 

मानिसको मृत्यु हँुदा दाहसंस्कार गर्न छोरा अर्थात् पुरुष मात्र जाने प्रचलन रहिआएको समाजमा महिला मलामी जानुलाई समयअनुसारको परिवर्तनका रूपमा हेरिएको छ । मानिसको मृत्यु हँुदा घर नजिकै शवलाई टाढैबाट हेरेर फर्किने गरेका महिला समयको परिवर्तनसँगै मलामी बनी श्मशानमा पुगेर फर्किन थालेका छन् । 

]]>