देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अक्सिजन सिलिन्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

देशान्तर


काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन सिलिन्डर समयमा नै फिर्ता गर्न आग्रह गरेको छ ।

समयमा सिलिन्डर फिर्ता नहुँदा अवस्था झनै विकराल बन्दै जाने भएकाले समयमा नै सम्बन्धित उद्योगमा फिर्ता गर्न आग्रह गरिएको हो ।

अक्सिजन सिलिन्डर त्यसै थन्काएर राख्दा अस्पतालमा सघन उपचाररत सङ्क्रमितलाई अप्ठ्यारो हुन जाने भएकाले यस विषयमा सबैलाई संवेदनशील बनिदिन पनि स्वास्थय मन्त्रालयले आग्रह गरेको छ ।

यो सङ्क्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विकेकभन्दा बाहिर गएर निर्णय गर्ने गराउने कार्यलाई बन्द गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापनका लागि सम्बन्धित सबैमा मन्त्रालय सार्वजनिक अनुरोध गर्दछ मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

यस्तै, एउटा उद्योगका अक्सिजन सिलिन्डर अन्त प्रयोग हुने क्रम बढिरहेको भन्दै त्यसो नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।