देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निशेधाज्ञामा थप कडाई, शुक्रबारदेखि एक हप्ता खाद्यान्न पसल बन्द हुने

देशान्तर

काठमाण्डौ – काठमाण्डौ उपत्यकाकामा शुक्रबारदेखि २० गतेसम्म खाद्यान्न पसलसमेत बन्द हुने भएका छन् । उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पर्सिदेखि एक हप्ता खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरेको हो ।‍

यस्तै काठमाण्डौ उपत्यकामा पछिल्लोपटक थपिएको निषेधाज्ञा बिहिबार सकिंदैछ । कोरोना सङ्क्रमणको जोखिम बढेको निष्कर्षका साथ काठमाण्डौ उपत्यकामा थप कडाइका साथ जारी गरिएको आदेश शुक्रबारदेखी लागू हुने प्रशासनले जनाएको छ । शरक्रबारदेखी एक हप्ता खाद्यान्नका पसलसमेत बन्द हुने भएकाले बुधबार र बिहिबार नै खाद्यान्नको जोहो गर्न आग्रह गरिएको छ ।

एक हप्ताका लागि खाद्यान्न, किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत बन्द हुनेछन् । तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ । यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम मर्निङ र इभिनिङ वाक मा समेत रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश उल्लंघन गरेमा कैद र जरिवानासमेत गर्ने निर्णय भएको छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना भाइरसको संक्रमण नरोकिएकाले यो निर्णय गरेको बताए ।