देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिजी बनाउन नागरिकता अध्यादेश, ओली नेपाली लेन्डुप दोर्जे !

देशान्तर

काठमाडौं । राष्ट्रवाद र राष्ट्रियताको दुहाइ दिएर कहिल्यै नथाक्ने यही नारामा बहुमत प्राप्त गरेका एमालेका अध्यक्ष केपी ओली आफ्नो सत्ता टिकाउनलाई नागरिकतासम्बन्धी अध्यादेश महन्थ ठाकुर एन्ड कम्पनीको समूह र छिमेकीको इसारामा ल्याउन तयार भएका छन् ।

सो अध्यादेश मन्त्रिपरिषद्बाट पारित भई, राष्ट्रपति विद्या भण्डारीले जारी गरिसकेकी छिन् । सो अध्यादेश हुबहु लागू भएमा नेपाललाई फिजी बन्नबाट कसैले रोक्न सक्दैन ।

त्यसको नाइके आफूलाई राष्ट्रवादी दाबी गर्ने चुच्चे नक्सा देखाएर कार्यान्वयन भने गर्न नसक्ने र हरेक पटक आफूलाई राष्ट्रवादी भने पनि यो अध्यादेश लागू भएमा यसको सम्पूर्ण दोष ओलीलाई जानेछ । यसबाट के पुष्टि हुन्छ भने ‘केपी ओली राष्ट्रवादी होइनन् आफ्नो सत्ता टिकाउन जस्तोसुकै सम्झौता गर्ने विदेशीका मतियार हुन् ।’

लैनचौरमा ठाकुर र महतोको ओहोरदोहोर

कुनैबेला केपी ओलीलाई मधेस विरोधी नेता भनेर सत्तोसराप गर्ने जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो यतिबेला ओलीको ढाल बनेर खडा भएका छन् । यो राजनीतिक परिदृश्यलाई धेरैले आश्चर्यपूर्वक हेरिरहेका छन् । कसैले पनि कल्पना गरेको थिएन, महन्थ र राजेन्द्र ओलीको निम्ति पार्टी फुटाउनसमेत तयार हुनेछन् भनेर ।

तर भनिन्छ, राजनीति सम्भावनाहरूको खेल हो । यो खेलमा घाम र जूनको पनि मिलाप सम्भव छ । अहिले ओली र महन्थको मिलनलाई पनि धेरैले घाम र जूनको मिलनको संज्ञा दिएका छन् ।

भूराजनीतिक परिस्थितिलाई विश्लेषण गर्नेहरू यसको पछाडि दक्षिणी छिमेकीको प्रमुख भूमिका रहेको बताउँछन् । दक्षिणतिरको इशारामा महन्थ र राजेन्द्रले ओली बचाउ मिसन बोकेको उनीहरूको बुझाइ छ । यो बुझाइलाई पुष्टि गर्ने आधारहरू पनि प्रशस्त पाइन्छन् । त्यसमध्येको एउटा आधार हो महन्थ र राजेन्द्रको काठमाडौंस्थित भारतीय दूतावासमा ओहोरीदोहोरी ।

जसपा नेता राजेन्द्र महतो शनिबार पनि भारतीय दूतावास प्रवेश गरेर घण्टौं हराए । दूतावास स्रोतका अनुसार महतो शनिबार बिहान पौने ११ बजे लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश गरेका थिए । यसअघि गत वैशाख ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली निरन्तर हुने निश्चित भएपछि आफ्ना सांसदहरूलाई एक रिसोर्टमा राखेर वरिष्ठ नेता महतोसँगै जसपाका अध्यक्ष महन्थ ठाकुर भारतीय दूतावास छिरेका थिए ।