देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १६ मा बोलाउन सिफारिस

देशान्तर

काठमाडौँ – गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ १६ गते बोलाउन सरकारले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले १६ गते दिउँसो १ बजे सभागृह हलमा अधिवेशन बोलाउनका लागि सिफारिस गरेको हो ।

गण्डकी प्रदेशमा पछिल्लो समयमा कोरोना संक्रमण तीव्ररूपमा वृद्धि भएपछि सामाजिक दुरी पालनाका लागि सभागृह हल रोजिएको हो । प्रदेश सभाको अधिवेशन यही जेठ १६ गते सभागृह हलमा डाक्नका लागि प्रदेश प्रमुख समक्ष सिफरिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकको बैठकमा भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।