काठमाडौँ – उपत्यकाका तीनवटै जिल्ला कोभिड व्यवस्थापन समितिको संयुक्त बैठक केहीबेरमा बस्दैछ । यो बैठकमा उपत्यकामा वैशाख २६ देखि जारी गरिएको निषेधाज्ञा लम्ब्याउने विषयमा छलफल हुने काठमाडौं समितिका एक सदस्यले बताए । समिति बैठकले निषेधाज्ञा कति समय लम्ब्याउने भन्ने विषयमा सिफारिस गरेपछि यसकै आधारमा आजै वा भोलि बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गर्ने बताइएको छ ।
ती सदस्यले यसपटक एक साताका लागि झन् कडा निषेधाज्ञा थप्नेबारे छलफल हुने बताए । ‘अवधि कति हुन्छ अहिले टुंगो छैन । एक साता वा बढी पनि हुनसक्छ तर अहिलेको भन्दा पनि कडा निषेधाज्ञाको सिफारिस हुने सम्भावना छ,’ उनले भने । हालै जारी गरिएको कोभिड संकट व्यवस्थापन अध्यादेशका प्रावधानहरु लागू हुनेगरी निषेधाज्ञा थप गरिने पनि उनले बताए । प्रशासनले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञाको अवधि जेठ १३ गते सकिदैछ ।
प्रतिक्रिया