देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनाङेले लिए मन्त्री पदको शपथ

देशान्तर

पोखरा – गण्डकी प्रदेशका नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ९दीपक मनाङे० ले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा आइतबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई शपथ खुवाएकी हुन् ।

मुख्यमन्त्री गुरुङले उनलाई जेठ ५ गते मन्त्रीलाई नियुक्त गरेपनि उनी काठमाडौंमा भएको कारण शपथ लिन पाएका थिएनन् । यस अघि वैशाख १६ गते मनाङे पहिलो पटक मन्त्री बनेका थिए भने मन्त्री बनेको १० दिनमा नै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि पद गएको थियो ।