काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति निवास पुगेका विपक्षी गठबन्धनका नेताहरु पत्र दर्ता गरेर निस्किएका छन् । राष्ट्रपतिसमक्ष १४९ सांसदको हस्ताक्षर देखाएर, बहुमत प्रस्तुत गरेका निस्कियौं, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसदको समर्थन दावी गरेको भन्ने विषयमा पौडेलले भने, उहाँले हस्ताक्षर बुझाउनु भएको होइन । हामीले सांसदको हस्ताक्षरसहित दावी गरेका हौं । आज बिहानसम्म बहुमत नपुग्ने देखेर विश्वासको मत नलिइ नयाँ सरकार बनाउन मार्ग प्रशस्त गरेको हुँ भन्ने ओलीको अहिले कसरी बहुमत पुग्छ ?
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले पनि पत्र दर्ता गरेर निस्किएको बताए । १४९ सांसदको हस्ताक्षर बुझाएका छौं र राष्ट्रपतिले बहुमत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं, खाँणले भने ।
प्रतिक्रिया