देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीओलीको पनि दाबी पेश

देशान्तर

काठमाडौँ — नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको जानकारीसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

शुक्रबार दिउँसो विपक्षी गठबन्धनका नेताहरु पुग्नु भन्दा केहीबेर पहिला शीतल निवास पुगेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले दुई दलको समर्थन आफूलाई रहेको जानकारीसहित प्रधानमन्त्रीमा ओलीले दाबी पेस गरेको बताए ।

‘एमालेको १२१ र जसपाको ३२ सांसदको समर्थन रहेको पत्रसहित प्रधानमन्त्रीमा केपी ओलीले दावी पेश गरेका छन् ।