देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संवैधानिक परिषद्को बैठक निष्कर्ष विहिन

देशान्तर

काठमाडौँ । भावी प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गर्न बसेको आजको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सभामुख ओनसरी घर्ती बिरामी भएर अस्पतालमा भर्ना हुनु भएकाले निर्णय हुन नसकेको जानकारी दिए ।  

अर्को बैठक आजै साँझ ५ः३० बजे बस्ने जनाइएको छ । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै छन् ।  उनीपछि वरिष्ठतम न्यायाधीश सुशीला कार्की सो जिम्मेवारी पाउने क्रममा रहेकी छन् ।  

नेपालको संविधानानुसार परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ 

]]>