काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न उनको निवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा नजिकिँदै गर्दा दाहाल छलफलका लागि देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।
दाहाल बूढानीलकण्ठ पुग्नुअघि त्यहीँ कांग्रेस पदाधिकारीसहितको बैठक बसेको थियो । बैठकले संविधान, लोकतन्त्रको रक्षाका लागि अन्य दलहरूसँग सबै विकल्पमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ ।
तिनै विकल्पबारे दाहाल र देउवासहितका नेताहरूबीच छलफल भइरहेको स्रोतले जनाएको । माओवादीले शुक्रबार दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक पनि बोलाएको छ ।
प्रतिक्रिया