देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा उपनिर्वाचन : ३ सय ३८ मत खस्यो

देशान्तर

हेटौंडा – बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ।

प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा ३ सय ३७ मत खसेको छ ।

प्रदेश सांसद १ सय ९ जनामध्ये १ सय ५ मत मात्रै खस्यो। स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३८ मध्ये २ सय ३२ मत खसेका निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।
मतदान सकिएपछि केहीबेरमा आवश्यक प्रक्रिया पूरा गरी मतगणना थाल्ने तयारी गरिएको छ। आजै नतिजा सार्वजनिक हुने छ। उपनिर्वाचनमा एमालेकै दुई जनासहित तीन जना उम्मेदवार चुनावी मैदानमा छन् ।

उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनका तर्फबाट एमालेकै माधव नेपाल निकट डाक्टर खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिष्पर्धामा छन्।

गृहमन्त्री थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरी राष्ट्रिय सभा सदस्य पद रिक्त गराएको हो ।