कोरोना भाइरसको संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी परिसरका डिएसपी राजकुमार केसीको निधन भएको छ ।
४३ वर्षीय केसीको महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।
काठमाडौँको मूलपानी घर भएका केसीले परिसरको प्रवक्ता तथा अनुसन्धान प्रमुखका रुपमा काम गरेका थिए । दुई साता अघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । केसी उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीका रुपमा चिनिन्थे ।
प्रतिक्रिया