काठमाडौँ – सशस्त्र प्रहरीको गोली लागि घाइते भएका युवकको मृत्यु भएको छ। पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा बुधबार स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा प्रतापपुर गाउँपालिका ६ का २२ वर्षीय अविनाश राजभर घाइते भएका थिए।
घाइते राजभरको शहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्याइएको थियो। उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए। उनको तीघ्रामा गोली लागेको प्रहरीले जनाएको छ।
भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका-५स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए। सुरूमा ५-७ जनाको समूहमा जान आएका व्यक्तिहरुसँग सशस्त्र प्रहरीको भनाभन भएको थियो। सुरूमा युवाहरूलाई सम्झाउँदा नमानेपछि हवाई फायर गरेको र त्यति गर्दा पनि प्रहरीमाथि नै जाई लागेपछि गोली चलाउन बाध्य भएको उनले बताए।
प्रतिक्रिया