देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु

देशान्तर

काठडमाडौं – कोरोना संक्रमणका कारण गएरातिदेखि अहिलेसम्ममा बाँके, बुटवल र झापामा, मोरङ गरी थप ३२ जनाको मृत्यु भएको छ। बाँकेमा कोरोना संक्रमणबाट एकैरातमा थप १७ जनाको मृत्यु भएको छ।

गएरातिदेखि विहानसम्म बाँकेका विभिन्न अस्पतालमा थप १७ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जनाकारी दिए। मृत्यु हुनेमा २७ देखि ८४ वर्ष सम्मका ९ पुरुष र ८ महिला छन्। यसैगरी बुटवलमा कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित ७ जनाको मृत्यु भएको छ।

यस्तै ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि मृत्यु भएको पोखरेलले जानकारी दिए। भद्रपुरका तीनसहित झापामा थप पाँचजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। त्यसैगरी कोरोना सङ्क्रमणबाट दमकका पूर्व जनप्रतिनिधिको मृत्यु भएको छ।

त्यस्तै, मोरङका विभिन्न अस्पतालमा उपचारत थप पाँच संक्रमितको मृत्यु भएको छ। मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई–दुई जना संक्रमितको मृत्यु हो।

यस्तै झापाको दमक नगरपालिका–५ का ७३ वर्षीय वृद्ध पुरुषको पनि निधन भएको छ। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई संक्रमितको मृत्यु भएको छ। यस्तै विराट शिक्षण अस्पतालमा विराटनगर-३ की ७० वर्षीया वृद्धा महिलाको ज्यान गएको अस्पतालका इन्चार्ज सुनील देवले जानकारी दिए।