देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘पार्टी उम्मेद्वारलाई मतदान नगरे क्षम्य हुँदैन’ : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौँ – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहेका पार्टीका नेता रामबहादुर थापा बादललाई राष्ट्रियसभा उप – निर्वाचनमा जिताउन आग्रह गरेका छन् ।

बुधबार अपिल जारी गर्दै सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।

बादल एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय बिपरीत मतदान नगर्न ओलीले चेतावनी पनि दिएका छन् ।

पार्टी उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने अपिलमा उल्लेख छ । ‘‘पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो ।

यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्’, ओलीले उल्लेख गरेका छन् ।