देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले तत्काल भारतीय खोप नपाउँने

देशान्तर

काठमाण्डौ – कोभिशिल्ड खोपको उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले यो वर्षको अन्त्यमा मात्रै खोप निर्यात गर्ने सक्ने जनाएको छ ।

कम्पनीले विज्ञप्ति निकालेर भारतका नागरिकलाई जोखिममा राखेर अरु देशमा खोप निर्यात नगरेको र आउने समयमा पनि भारतलाई नै प्राथमिकतामा राख्ने बताएको छ ।

कम्पनीले निकालेको विज्ञप्तिमा सन् २०२१ को अन्त्यतिर मात्रै खोप निर्यात गर्न सक्ने उल्लेख छ । अहिले भारत सरकारले पनि खोप निर्यातमा रोक लगाएको छ ।

नेपालले सेरमसँग २० लाख डोज खोप खरिद सम्झौता गरेकोमा १० लाख डोज मात्रै ल्याएको छ ।

बाँकी १० लाख डोज खोप आउन ढिलाइ भएमा ज्येष्ठ नागरिकले दोश्रो मात्रा खोप नपाउने चिन्ता बढेको छ ।