June 22, 2021, Tuesday
२०७८ असार ९
ताजा अपडेट
ताजा अपडेट ×

नेपालमा थप २१४ जना कोरोना संक्रमितको मृत्यु, ९ हजार २४७ जनामा कोरोना पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने आजमात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण निको भएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •