देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कम्युनिष्ट एकता आवश्यक छ : श्रेष्ठ

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन् ।

विदेशी शक्तिका साथै एकताको मर्म नबुझ्ने प्रवृत्तिले एकतामा भाँजो हालेको उनले बताए ।

एमाले र माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्यका साथ पार्टी एकता गरेको भए पनि देशी विदेशी शक्तिको योजनामा फुटाइएको उनले दाबी गरे ।

‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ’ सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘पार्टी एकता एकचोटि विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई विभाजनमा पुर्यायो भनेर कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ ।’

समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन भएको उनले बताए । यद्यपि कम्युनिष्ट पार्टीहरुबीचको एकीकरण गर्न आफूहरुले हिम्मत नहार्ने माओवादी केन्द्रका नेता श्रेष्ठले बताए ।