रूपन्देही – कोरोना प्रभावित बाँकेमा जारी निषेधाज्ञा थप एकसाताका लागि निरन्तर गरिने भएको छ ।
डीसीसीएमसी बाँकेको सिफारिसमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले १० गतेसम्म कायम हुने गरी निषेधाज्ञा थप गरेका छन् ।
बैशाख १३ गतेबाट जारी निषेधाज्ञामा संक्रमण थपिने क्रम नरोकिएकाले निषेधाज्ञा निरन्तरता गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले जारी सूचनामा जनाइएको छ ।
कोरोना महामारीको दोस्रो लहरसँगै बाँकेमा भेरी अस्पतालमा १५३ जना र नेपालगन्ज मेडिकल कलेजमा ५१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।पछिल्ले समय निको हुने दर बढेपनि संक्रमण हुनेको संख्यामा कमी आएको छैन ।
प्रतिक्रिया