June 22, 2021, Tuesday
२०७८ असार ८
ताजा अपडेट
ताजा अपडेट ×

पदमुक्त भएका जसपाका चार सांसदको रिटमाथि सुनुवाइ जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – जसपाको उपेन्द्र यादव पक्षको कारवाहीको आधारमा प्रदेशसभा सदस्यबाट पदमुक्त भएका लुम्बिनी प्रदेशका चार मन्त्रीको रिटउपर सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

आफूहरूलाई पदमुक्त गर्ने निर्णय बदरको माग गर्दै दायर रिट उपर न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ भइरहेको हो ।

Advertisement

अविश्वास प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिई मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ मा पदमुक्त गरेका थिए ।

पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •