देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फ्रेन्च लिग वानको उपाधि छिनोफानो अन्तिम खेलबाट

देशान्तर

फ्रेन्च लिग वान फुटबलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेइन पीएसजी दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भएका खेलमा रेइम्समाथि ४–० गोल अन्तरको फराकिलो जित दर्ता गर्दै स्पष्ट तीन अंक जोडेको हो । यो जितसँगै पीएसजीले शीर्ष स्थानमा रहेको लिलेसँग अंकदूरी एकमा झारेको छ । लिले ८० अंकका साथ शीर्ष स्थानमा रहँदा पीएसजीको ७९ अंक रहेको छ ।

यसैगरी ७७ अंक जोडेको मोनाको तेस्रो स्थानमा रहेको छ । सवैको एक खेल मात्र बाँकी रहेकाले फ्रेन्च लिगको ट्रफीको छिनोफानो अन्तिम खेलबाट हुने भएको छ । लिलेले एन्जर्ससँग खेल्न बाँकी रहँदा पीएसजीले ब्रेस्टसँग खेल्नु पर्ने छ । यो खेलको नतिजाले उपाधिको छिनोफानो हुने छ ।

आइतबा राति पीएसजीलाई जित दिलाउन नेयमार, एम्बाप्पे, मार्किहन्स र मोइस किनले एक एक गोल गरेका थिए ।

दशौं मिनेटमा रेइिम्सका युनिस अब्देलहामिसले डि बक्सभित्र एम्बाप्पेलाई फल गरेपछि रातो कार्ड पाएका थिए ।

त्यसपछि पाएको पेनाल्टीलाई गोलमा नेयमारले १३ औं मिनेटमा परिणत गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

२४ औं मिनेटमा एम्बाप्पेले अग्रता दोब्बर बनाएका थिए भने ६८ औं मिनेटमा मार्किहन्सले पीएसजीलाई तीन सून्यको अवस्थामा पुर्‍याएका थिए ।

८९ औं मिनेटमा किनले व्यक्तिगत पहिलो गोल थप्दा पीएसजीले ४–० गोलको फराकिलो जित निकाल्न सफल भयो ।