देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानन्यायाधीश सिफारिसमा सभामुखको गुनासो

देशान्तर

काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले आफूलाई बैठकमा उपस्थित नगराई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिएको भन्दै गुनासो गरेकी छिन्। आइतबार बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतकी न्यायाधीश सुशीला कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। आफ्नो अनुपस्थितिमा बैठक राखेर प्रधानन्यायाधीस सिफारिस गरिएमो सभामुखको गुनासो रहेको उनका सहयोगी निसान मगरले जानकारी दिए।

‘प्रधानन्यायाधीश सिफारिसप्रति उहाँको असन्तुष्टि होइन,’ उनले भने, ‘मुलुकले पहिलोचोटि महिला प्रधानन्यायाधीश पाउन लागेकोमा आफू पनि बैठकमा उपस्थित हुन पाएको भए हुन्थ्यो भन्ने उहाँको इच्छा हो।’सहयोग मगरका अनुसार सभामुखले प्रधानमन्त्री ओलीलाई केही दिन बैठक रोकेर आफ्नोसमेत उपस्थितिमा प्रधानन्यायाधीश सिफारिस गर्न आग्रह गरेकी थिइन्।

तर, प्रधानमन्त्री ओलीले उक्त आग्रह अस्वीकार गर्दै परिषद बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै उनले असन्तुष्टि जनाएकी हुन्। पत्थरीसम्बन्धी समस्या देखापरेपछि सभामुख घर्ती आइतबार ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएकी छन्।

प्रधानमन्त्रीले अस्पतालमै पुगेर घर्तीलाई प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गर्न लागिएको जानकारी गराएका थिए। सभामुखलाई भेट्न सोमबार उपराष्ट्रपति नन्दकिशोर पुन पनि अस्पताल पुगेका थिए।

]]>