देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांसद पद फिर्ता गर्न जसपाको माग

देशान्तर

काठमाडौँ– जनता समाजवादी पार्टी जसपा को लुम्बिनी प्रदेशको सांसदबाट पदमुक्त भएका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्

लुम्बिनी प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेले रिट निवेदन दर्ता गरेका हुन् । उनीहरुले उत्प्रेषणको आदेशबाट प्रदेशसभाको कारवाही बदर होस् भन्ने आदेश माग गरेका छन् ।

तत्कालीन समयमा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएपछि उनीहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनीहरू फेरि मन्त्री भई सरकारमा सहभागी भएका थिए ।

तर, पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले उनीहरुलाई कारबाही नगरेको पत्र प्रदेशसभालाई पठाएका थिए । त्यसका बाबजुद पनि उनीहरुलाई कारबाही गरी पदमुक्त गरिएको थियो ।
सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या, मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाइ र रिट दर्ता हुने भएपछि रिट निवेदन दर्ता गराएका हुन् ।