देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकैदिन नेप्सेमा १० अर्ब ४० करोड मूल्यको शेयर कारोबार,

देशान्तर


आइतबार शेयर बजार परिसूचक उच्च अंकले बढेकोे छ । नेप्से परिसूचक ५४.२६ अंकले बढेर २ हजार ७३८ विन्दू पार गरेको हो ।

कारोबार भएकामध्ये बहुसंख्यक कम्पनीको शेयर मूल्य बढ्दा बजार परिसूचक पनि २.०२ प्रतिशतले बढेको छ । आइतबार शेयर बजारमा रु – १० अर्ब ४० करोड मूल्य बराबरको शेयर किनबेच भयो । यो औसत कारोबार रकमभन्दा धेरै हो ।

सबैभन्दा धेरै रुरु जलविद्युत्, शिखर इन्स्योरेन्स, समता घरेलु लघुवित्तसहितका आठ वटा कम्पनीको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ ।

१४६ कम्पनीका लगानीकर्ताले नाफा कमाउँदा ३२ वटा कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले ३.९ प्रतिशत घाटा व्यहोरे । आइतबार सबै समूहको उपसूचक सकारात्मक बने ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूह ४.२८ प्रतिशत र विकास ब्यांक समूह ३.८७ प्रतिशतले बढेको छ । जीवन बीमा समूह ३।०४ प्रतिशत, ब्यांकिङ समूह १.५४ प्रतिशत र लघुवित्त समूह १.८९ प्रतिशतले बढेको छ ।