काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा जिवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताए । उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताए ।
आइतबार पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधव कुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन ।’
आर्थिक वर्ष २०७८–०७९ को बजेट ल्याउने ढिलाइ भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउनसक्ने चर्चा चलिरहेको बेला ओलीले नियमित प्रक्रिया बाटै बजेट ल्याउने बताए ।
संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएर फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओली सरकार एक महिनापछि रहने नरहने निश्चित छैन ।
प्रतिक्रिया