देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली–नेपालबीच भेटवार्ता हुँदै

देशान्तर

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भेटवार्ता हुँदै छ ।

उनीहरूबीच दिउँसो १ बजे सिंहदरबारमा भेटवार्ता हुन लागेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार पार्टी विवाद हल गर्ने गरी कार्यदल सदस्यको नाम टुंग्याउन ओली र नेपालबीच भेटवार्ता हुन लागेको हो ।

शुक्रबार साँझ सिंहदरबारमा एमालेका दुई पक्षबीच भएको बैठकले कार्यदलको नाम टुंग्याउन अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई जिम्मा दिएको थियो ।

त्यसै दिनको वार्तामा पार्टीभित्र देखापरेका समस्याका सन्दर्भमा ०७५ जेठ २ मा फर्केर सामाधान खोज्ने सहमति भएको नेताहरूले बताएका थिए । वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, विष्णु रिमाल थिए ।

त्यस्तै नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त वार्तामा बसेका थिए । त्यस दिनको वार्तामा पूर्वमाओवादी समूहका थापासमेत सहभागी भएपछि नेपाल पक्षका नेताहरूले ओलीमाथि आशंका व्यक्त गरेका थिए ।