देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वरिष्ठ पेट रोग विशेषज्ञ डा आचार्यको कोरोना संक्रमणबाट निधन

देशान्तर

काठमाडौं – वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा आइएल आचार्यको कोरोना संक्रमणपछिको जलिटताका कारण निधन भएको छ।

स्टार अस्पतालमा उपचाररत डा आचार्यको आइतबार बिहान करिब २ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। कोरोना संक्रमण पुष्टि भएपछि ८३ वर्षे डा आचार्य वैशाख १८ गते भर्ना भएको अस्पतालका मेडिकल डाइरेक्टर डा शैल रुपाखेतीले बताए।

उनको फोक्सोमा ७५ प्रतिशत निमोनिया भइसकेको थियो। तर अस्पतालमा भर्ना भएपछि निरन्तरको उपचारपछि स्वास्थ्यमा सुधार हुँदै गएको उनले बताए।

वैशाख २९ गते कोरोना नेगेटिभ भएपछि उनलाई नरमल आइसीयूमा राखेर उपचार गरिएको थियो। तर अचानक स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनको निधन भएको डा रुपाखेतीले बताए।