देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लेस्टर सिटीलाई पहिलो पटक एफए कप फुटबलको उपाधि

देशान्तर

 चेल्सीलाई हराउँदै लेष्टर सिटीले यस वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ ।

गएराति लण्डनको वेम्बले रंगशालामा भएको खेलमा लेष्टर सिटी १–० ले विजयी भयो ।

खेलको ६३ औं मिनेटमा लेष्टरका युरी टिलेमन्सले गरेको गोल नैं टोलीलाई पहिलो पटक एफ.ए कपको उपाधि जिताउन पर्याप्त बन्यो ।

हारसँगै चेल्सीका प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा पहिलो उपाधि जित्ने लक्ष्य अधुरै रह्यो ।

चेल्सीले यसै हप्ता लेष्टर सिटीसँग इंग्लीश प्रिमियर लिग फुटबलमा पनि प्रतिस्पर्धा गर्दैछ ।

जारी लिगको शिर्ष चार स्थानमा पर्दै अर्को सिजनको च्याम्पियन्स लिग खेल्न यो खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण रहेको छ ।

खेल आगामि बुधवार चेल्सीको मैदानमा हुनेछ ।