देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व अन्त्य गर्न बाइडेनको पहल

देशान्तर

इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले पहल थालेका छन् ।

इजरायलले प्यालेस्टाइनको गाजामा मिसाइल प्रहार गरेको भोलिपल्ट बाइडेनले दुवै देशका प्रमुखहरुलाई फोन गरेर द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन् ।

बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइनका राष्ट्रपति ममम्मुद अब्बासलाई फोन गरेर तत्काल द्वन्द्व​ अन्त्य गर्न आग्रह गरेका छन् । । यस्तै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि दुई देशबीचको समस्या समाधानका लागि आवश्यक छलफल गर्न आज बैठक बोलाएको छ ।

इजरायलले शनिबार गरेको आक्रमणमा परेर १० जनाभन्दा बढीको ज्यान गएको छ । समाचार संस्था एपी र अल जजिराको कार्यालय रहेको भवनमा इजरायलले मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ ।

इजरायलले शरणार्थी शिविरहरुमा हवाइ आक्रमण गरेको हो । गाजामा सक्रिय हमासका लडाकुलाई लक्षित गरी इजरायलले हवाइ तथा स्थल आक्रमण गरिरहेको छ ।

अरब र यहुदी समुदायबीच पनि इजरायलभित्र पनि हिंसात्मक झडप भइरहेका छन् ।