देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओमानबाट आयो ५६० थान अक्सिजन सिलिण्डर

देशान्तर

नेपालमा कोरोना भाइरस संक्रमणका बिरामीहरुको ज्यान जोगाउन विदेशमा रहेका नेपालीहरु अक्सिजन ग्यासका सिलिण्डर खरिद गरी नेपाल पठाउने अभियानमा सक्रिय भएका छन् ।

मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपालीले सानो–सानो रकम संकलन गरी खरिद गरेको ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल आइपुगेको छ । स्थानीय समय दिउँसो २ बजे ओमानको मस्कटबाट अक्सिजन सिलिण्डर बोकेर उडेको नेपाल एयरलाइन्सको विमान शनिबार साँझ काठमाडौं आइपुगेको हो ।

नेपालीहरुले अक्सिजन सिलिण्डर खरिद गरेपछि तीे सिलिण्डर लिन नेपाल सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाएको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय समितिले खाडीमा रहेका सबै संघसंस्थाहरुको समन्वयमा रकम संकलन गरी ती सिलिण्डर खरिद गरेको हो ।

प्रति सिलिण्डर १ सय २० डलर खर्च भएको बताइएको छ । संघले आइतबार ती सिलिण्डर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने बताएको छ ।