देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन

देशान्तर

काठमाडौं – काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । दरशथ रंगशालामा शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० ले हराउँदै काठमाडौंले उपाधि जितेको हो ।

काठमाडौंको जीतमा मेसौके ओलोमोउले २१ औं मिनेटमा गरेको एक गोल नै पर्याप्त भयो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता रहेका मेसौकेले ८ गोल गरे ।

उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैया पुरस्कार पाएको छ भने उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको लिगमा ७ वटा फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरेका थिए । कोभिडको त्रासका बिच दर्शलाई प्रवेश गर्न नदिई प्रतियोगिता सम्पन्न भएको हो ।