देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेशको असंतुष्टी सम्बोधन गदै संविधान कार्यान्वयन होस् : बरिष्ठ नेता पौडेल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नववर्ष २०७३ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।  आज एक शुभकामना सन्देश दिँदै उनले सामाजिक, साँस्कृतिक विविधताले सम्पन्न मुलुकवासीले गतवर्ष भोग्नुपरेको प्राकृतिक प्रकोप, असहज र कठिन दैनिक जीवन हालसम्म पनि सामान्य बन्न नसकेको उल्लेख गर्दै यस्तो परिस्थितिमा नयाँ वर्ष २०७३ को प्रारम्भसँगै मुलुकका सम्पूर्ण राजनीतिक दलहरू तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्नुपर्ने बताएका छन् ।

पौडेलले शुभकामनामा भनेका छन्– ‘२०७२ सालको प्रारम्भदेखि नेपालीले भोगेको बिनाशकारी भुकम्पको प्राकृतिक प्रकोप, आपुर्ती असहजताका कारण कठिन बनेको नेपालीको दैनिक जीवन हालसम्म पनि सामान्य वन्न सकिरहेको छैन । यो अवस्थालाई अन्त्य गर्नका लागि नयाँ वर्ष २०७३ को प्रारम्भसंगै मुलुकका सम्पूर्ण राजनीतिक दलहरु तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र सम्पुर्ण लोकतन्त्रवादी शक्ती एक भएर दलगत स्वार्थ र सिमा भन्दा माथी उठेर सिंगो मुलुकलाई एकतावद्ध बनाएर अगाडि बढ्नु आजको आवश्यक हो ।’

उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउनका लागि नेपाली राजनीतिलाई पारदर्शी र सम्मानित बनाउन आवश्यक रहेको भन्दै  नववर्ष २०७३ ले हामी सवैलाई राजनीतिलाई पारदर्शी र सम्मानित बनाई गाँउ छोडेर बिचलित भएको मनलाई गाँउमा नै फर्केर बसौ बसौं बनाउनका लागि प्रेरणा प्रदान गर्नेमा आफु विश्वस्त भएको बताएका छन् । 

]]>