काठमाडौं – सरकारले देशका तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ ।
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार पदबहाली गर्दै राजधानीको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्जको भेरी अस्पताल र डडेलधुराको डडेलधुरा अस्पतालको लागि पाँच करोड ८३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेका हुन् ।
नेपालमा कोभिड १९ को दोस्रो लहर फैलिएसँगै संक्रमितका लागि अक्सिजनको अभाव बढ्दै गएको छ ।
मन्त्री पौडेलले बजेट तयारीको काम अन्तिम चरणमा रहेको र कोभिड( १९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पका साथ बजेट ल्याउने दाबी गरे
प्रतिक्रिया